महाकालीका मेयर चैसिंर संगै मन्त्री बडु बाढी प्रभावित क्षेत्रमा

0
393

दार्चुला, भदौ २६ गते ।
दार्चुलाको बाढी प्रभावित क्षेत्र महाकाली नगरपालिका वडा नम्वर ४ बंगाबगडमा जिल्लाका नेता देखी प्रदेश र संघीय मन्त्रीसम्म पुगेका छन् । शनिबार राति परेको पानीले बंगाबगड क्षेत्र कटान गर्न थालेपछि आईतबार बस्ती जोगाउन स्थानीयसँगै नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसमेत ढुंगा बोक्न उपस्थित थिए । शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला पुगेका नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसंगै जिल्ला पुगेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले लास्कु खोलामा ढुंगा बोकेर साथ दिएका हुन् । सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरा, महाकाली नगर प्रमुख नरसिंह चैसिर, उपप्रमुख दुर्गा खत्री विष्ट, एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकी, जिल्ला स्तरीय नेता तथा कार्यक्रता,सुरक्षाकर्मी,पत्रकार,स्थानीय युवाहरूले बिहानैदेखि तारजाली लगाएर खोलालाई आफ्नै बाटोमा फर्काउने प्रयास गरिरहेका छन् । बस्ती जोगाउन तत्कालीन अवस्थामा ढुंगा र जाली लगाएर नदीको धार परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको छ । बंगाबगड बजार क्षेत्र कटान हुन थालेपछि तारजाली र ढुंगा भर्ने काम भइरहेको नगरप्रमुख नर सिंह चैसिरले बताउनु भयो । लास्कु खोलामा सयौँको उपस्थितिमा ढुंगा बोक्ने र तारजाली भर्ने काम भइरहेको छ ।