मदिरा सेवन गरेका नगरपालिकाको चालकले टिप्पर सडकमा पल्टाए

0
842

दार्चुला, बैशाख ४ गते ।
दार्चुलाको महाकाली नगरपालिकाका एक जना टिप्पर चालकले टिप्पर सडकमा पल्टाएका छन् ।

शनिबार फोहोर फाल्न खलंगा बजारबाट नमस्कार क्षेत्रमा जादै गर्दा टिप्पर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरिक्षक पुस्कर ऐरीले जानकारी दिनुभयो । टिप्पर पल्टिदा त्यसमा सवार रहेका चालक र सह चालकलाई कुनै चोटपटक नलागेको उहाँको भनाई छ । जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्य परिक्षण गरि सह चालकलाई छोडिएको तथा चालकलाई मदिरा सेवन गरि दुर्घटना भएका कारण नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ऐरीको भनाई छ । नगरपालिकाले हप्तामा शनिबार सहित दुई दिन मदिरा बोतल जन्य फोहोर संलकन गरि फाल्ने गरेको छ । मदिराका खाली बोतल फाल्न गएका चालकले समेत मदिरा सेवन गर्दा टिप्पर पल्टिएको तथा सकडमै पल्टिएकोले ठूलो दुर्घटना हुनबाट जोगिएको प्रहरीको भनाई छ ।