भुपी रिमालको आह्वान !

0
663
पदम बडाल ।
पदम बडाल ।
हुदैन उषा सूर्यको लाली पूर्वमा नचढे
बन्दैन देश दुईचार द्रोही सुलिमा नचढे ।
जनको खाई भण्डार भर्दा आफन्तहरूको
कात्रोमा पनि कमिसन खान्छन् आफन्तैहरूको ।
भाषण चिल्ला राजनीति किल्ला यिनका केन्द्रमा
भुइँको मान्छे भुइँबाट कैले पुग्दैन केन्द्रमा ।
कि छेकि दिन्छन् कि खुट्टा तान्छन् अगाडि बढ्नेका
कौशल आफ्नै लिएर सधैं शिखर चढ्नेका ।
नीतिमा ठिक्क कामले दिक्क लोक्तन्त्र यिनको
कागज भरी विकास छाप्ने लोक्तन्त्र यिनको ।
रेटिन्छन् यिनका बोसोका गर्धन एकदिन पर्ख न
आमाको स्वप्न साकार पार्ने आउँछ पर्ख न ।
आमाको स्वप्न देखाउने रिमाल किन्सिरी तताउछन्
सहिदको स्वप्न बाडने भुपी डम्फु यो बजाउछन् ।
हुदैन उषा सूर्यको लाली पूर्वमा नचढे
बन्दैन देश दुईचार द्रोही सुलिमा नचढे !