भीरबाट लडेर किशोरी घाइते

0
636

दार्चुला, जेठ १४ गते ।
दार्चुलामा घाँस काट्ने क्रममा भीरबाट लडेर १४ वर्षिय किशोरी घाइते भएकि छिन् ।

महाकाली नगरपालिका वडा नम्बर २ मैखोलीका इन्द्र बहादुर शाहुकी छोरी वर्ष १४ की चाँदनी शाहु घाँस काट्ने क्रममा विहीबार बेलुका भीरबाट घाइते भएकि हुन् । घाइते चाँदनीको खुट्टा र तिघ्रामा चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले बताउनु भयो ।
घाइते किशोरीलाई विहीबार राती जिल्ला अस्पतालमा उपचारका लागि ल्याएका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रबार दिउँसो धनगढी रिफर गरिएको सूचना अधिकारी चन्दको भनाई छ ।