भिरबाट लडेर मृत्यु

722
सांकेतिक तस्बीर

दार्चुला, जेठ २६ गते । दार्चुलामा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ३ काँटै गाराकु बस्ने वर्ष ३१ का लोकेन्द्र बहादुर बमको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । खलंगा बजारमा ब्यवसाय गर्दै आएका व्यवसायी बमको खलंगाबाट घर जाने क्रममा मंगलबार राती १० बजे महाकाली नगरपालिका वडा नम्बर ३ काँटै धारको भीरबाट लडेर मृत्यु भएको छ । अन्दाजी ५०/६० मिटर तल बमको शव फेला परेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी चन्दले जानकारी दिनुभयो । मंगलबार राती नै दल्लेख प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको टोली घट्ना स्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धानबाट लडेरै ज्यान गएको हुनसक्ने अनुमान गरिएपनि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !