भिरबाट खसेको ढुङ्गा लाग्दा महिलाको ज्यान गयो

0
1285

कालापानी न्युज, दार्चुला ।
दार्चुला तिंकर सडक खण्ड अन्र्तगतको राताकाठा क्षेत्रमा ढुङ्गा लागेर एक महिलाको ज्यान गएको छ । दुहु गाउँपालिका वडा नम्बर २ हिकिला घर भएकि ३६ वर्षीय कलावती बडालको माथी बाट खसेको ढुङ्गा लाग्दा घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
बुधवार बिहान घरबाट सदरमुकाम खलंगा आउने क्रममा भीरबाट खसेको ढुंगा लागेर घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । माथि खानेपानीको काम भइरहेकाले आफै खसेको हो वा काम गर्दा ढुङ्गा खसेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।