भारत हुदै गाउँघर गए त्रिदेशिय सिमा क्षेत्रमा बस्ने नेपाली

0
823
फाईल फोटो: कुञ्चा सर्दै व्यासका स्थानीय

बिरा दत्त भट्ट, दार्चुला । ब्यास गाउँपालिकाको वडा नं १ का गाउँहरु छाङरु र तिंकरका नेपालीहरु आफ्नो देशबाट गाउँसम्म जाने बाटो नहुदा भारतको बाटो भएर आफ्नो गाउँतिर गएका छन् ।
हिउदमा खलंगा र गर्मी मौषममा ब्यास बसाई सर्ने शौका समुदायले यस बर्ष लकडाउन र सिमा नाका बन्दका कारणले मौषमी बसाई सर्न पाएका थिएन्न ।
चैत्र सम्म दार्चुला सदरमुकाम खलंगाबाट ब्यास गाउँपालिकाको वडा नं १ छाङरु र तिंकर गाउँ पुग्ने गरेका थिए ।
दार्चुला जिल्लामा मात्र बसोबास गर्ने व्यासी शौका समुदायहरु हिउदमा जाडो छल्न ६ महिना सदरमुकाम र गर्मी छल्न ६ महिना उत्तरि सिमा तिर पर्ने व्यास गाउपालिको वडा नं १ मा पर्ने छाङरु तथा तिकंर बसाई सर्ने गर्दछन । यसरी बसाई सर्नुलाई शौका समुदायहरुको भाषामा कुञ्चा सर्नु भनिन्छ ।
नेपाल बाट उक्त गाउँहरुमा जानलाई बाटो नभएको र भारतबाट जानलाई नाका बन्द भएकाले हाल सम्म गाउँजान नसकेका शौका समुदाय विहिबार नेपाल भारत जोड्ने खलंगा स्थित पुल खोलेर भारतको बाटोबाटनै गाउँघर जान पाएपछि खुसी भएका छन् ।
जाडो याम लाग्ने बितिकै सदरमुकाम झर्ने र गर्मीयाम लाग्ने बितिकै आफनो चौरी गाई, पशु चौपाया सगैं फेरी व्यास तिरको लामो यात्रा गर्ने गर्दछन ।
यसरी बर्षेनि शौका समुदायहरु कुञ्चा सर्ने भए पनि भारतको बाटो भएर जानु पर्ने समस्या भने कायम नै रहेको छ । कुञ्चा सर्ने व्यासी शौका समुदायहरु सदरमुकामबाट ६ दिनको पदयात्रा पश्चात मात्रै आफनो गाउँ छाङरु र तिंकर पुग्ने गरेका छन् ।
आफनै गाउँ जानलाई नेपाल तिर व्यवस्थित बाटो नै छैन भारतको बाटो भएर जादा भारतियहरुको निकै दुख कष्ठ र तिनिहरुको अपहेलना सहेर हिड्नु पर्ने व्यास गाउपालिका १ छाङरुका ७५ वर्षिय वृद्धा कुन्ति लालाको भनाई छ ।
यस बर्ष बसाई सराइमा ढिलाई भएकाले बिउ लाउन ढिला भएको भन्दै स्थानियहरु चिन्तित भएका छन । सदरमुकाम बाट ६७ किलोमिटर टाढा पर्ने छाङरुका बासिन्दाहरुले एक खेति मात्र लाउने गर्दछन तर त्यो पनि लाउन अहिले ढिला भएकोले खाद्यान्नको जोहो गर्न समस्या हुने स्थानिय लालमति बोहोराको भनाई छ ।
गोरेटो बाटो निमार्ण भइरहेकाले आगामी कुञ्चा आफ्नै देशबाट सर्न पाइनेमा आशावादि रहेको स्थानिय गिता बोहोराको भनाई छ ।

मुख्यगरी ब्यास गाउँपालिका वडा नम्बर १ का ब्यासी सौका समुदायहरुलाई ब्यास जान सजिलोका लागि तथा सीमामा रोकिएका भारतीय तथा नेपाली नागरिकहरुलाई पठाउन स्थानीय प्रशासनको समन्वयमा सीमा नाका खोलिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरले बताएका छन् ।
विहिबार बिहान ९ बजेतिर नाका खोलेर सौकाहरुलाई प्रबेश गर्न दिइएको हो । भारतको बाटो भएर ब्यास जानका लागि सम्पूर्ण सहयोग गर्ने धारचुला विधायक हरिश धामी उपजिलाधिकारी अनिल कुमार शुक्लाको टोली नेपाल पुगेको थियो ।
पुल खुलेपछि नेपालमै पुगेर बिधायक धामीेले ब्यासी सौकाहरुलाई कुनै चिन्ता नलिन आश्वासन दिएका छन् । सौका समुदायसंगै भारतीय कब्जामा रहेको नाभीका स्थानीयहरु पनि खलंगामा पशुचौपाय सहित बस्दै आएका छन् । भारतीय नागरिकहरु समेत नेपालमा रोकिएकाले भारतीय प्रशासन पनि नाका खोल्न सहमत भएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार ३० जना भारतीय नागरिकहरु दार्चुलाका लकडाउनका कारण रोकिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here