भारत र पाकिस्तानका सैनिक संयुक्त अभ्यासमा

2454

दार्चुला, भदौ ९ गते ।
एकअर्कोलाई दुश्मन मानेर विगतदेखि युद्ध गर्दैआएका भारत र पाकिस्तानका सैनिकहरु पहिलो पटक संयुक्त सैन्य अभ्यासमा देखिएका छन् । रुसमा सञ्चालित शंघाई सहयोग संगठनको आतंकविरोधि अभ्यासमा पहिलो पटक दुइ देशका सैनिक संयुक्त अभ्यासमा उत्रिएका हुन् ।
आतंकवाद र चरमपन्थीविरोधि सैन्यअभ्यास शंघाई सहयोग संगठनका सदस्य देशहरुलाई गराउन लागिएको हो । सन् २०१७ को जुनदेखि संगठनको पूर्ण सदस्य भएपछि भारत पहिलो पटक सैन्य अभ्यासमा सहभागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
संगठनले हरेक दुई वर्षमा सबै सदस्य देशका सैनिकहरुलाई संयुक्त सैन्यअभ्यास गराउदैआएको छ । यो सैन्य अभ्यास रुसको चेबारकुलमा २२ देखि २९ अगस्टसम्म सञ्चालन भइरहेको छ । रुसको सेन्ट्रल मिलिट्री कमिशनले सैनिक अभ्यासको संयोजन गरिरहेको छ ।
चीनका सैनिक विशेषज्ञहरुले संगठनको यस्तो सैनिक अभ्यासले मध्य र दक्षिण एसियामा शान्ति र स्थिरता ल्याउन योगदान पुग्ने प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !