भारत बाट उद्धार गरिएका नेपालीः न क्वारेनटाइनमा न सम्पर्कमा

0
2371

विरा दत्त भट्ट, दार्चुला ।

मंगलबार राती अबेर भारतको धारचुला बाट उद्धार गरिएका ७८ जना नेपाली नागरिकहरुलाई सामान्य तापक्रम चेकजाच पछि छोडीएको छ ।
चैत्र १० गते जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले भारत लगायत कोरोना प्रभावित क्षेत्रबाट आउने नागरिकहरुलाई सम्बन्धित स्थानियतहले क्वारेन्टाइनका बस्न लगाउने र बसे नबसेको अनुगमन गर्ने निर्णय गरिएको भएपनि हिजो भारतबाट उद्धार गरिएका ७८ जना नेपालीहरुको अवस्था अज्ञात रहेको सरोकारवालाहरुको भनाई छ ।
मंगलबार राती १० बजे ब्यास गाउँपालिकाका २ जना, दुहु गाउँपालिकाका ३ जना, महाकाली नगरपालिकाका १६ जना, नौगाड गाउँपालिकाका २३ जना, बझाङका १८ जना, बैतडीका १० जना र कैलालीका ६ जना गरि ७८ जनालाई उद्धार गरिएको थियो । तर उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टाइनमा नराखी छोडीदा सबै आ–आफ्नो गनतब्य तिर लागेको बुझिएको छ ।
राती उद्धार गरीएका नौगाड गाउँपालिकाका स्थानिय धनिराम टमाटाले पुलघाटमा चेकजाच गरि आज घर तिर गएको बताएका छन् । आफु भारतको सेराघाट भन्ने ठाउँमा गिट्टी कुट्ने काम गर्ने र बन्द भएको थाहा पाएर घर फर्र्किएको उहाँको भनाई छ ।
“पुलमा चेक गर्ने बेला क्वारेन्टाईनमा १४ दिन बस्नु भनिराथे घरमा एक्लै बस्ने सोचमा छ”ु उनले भने । तर उनि संग भारतका विभिन्न सहरहरुबाट भित्रीएका ७८ जना नेपाली कहाँ कसरी बसीरहेका छन् भन्ने स्थानिय सरकार र सुरक्षार्मी वा स्वास्थ्यकर्मीहरुसंग कुनै जानकारी नै छैन ।
“स्वास्थ्य चेकजाच गरि यहाँ बाट गएका हुन् त्यी मध्ये ३–४ जनाको मात्रै सम्पर्क नम्बर छ, तर कहाँ गए भन्ने जानकारी छैन” पुलघाटमा खटिएका एक जना साहयक प्रहरी निरिक्षक प्रेम बहादुर साउदले भन्नुभयो ।
देशभरी नै भारतबाट भित्रिएका नेपालीहरुलाई क्वारेन्टाइनमा राखीरहेको अवस्थामा दार्चुलामा लापरवाहि गर्नुले कोरोना भाइरस गाउँघर सम्म पुग्ने चिन्ता समेत गर्ने पाटो देखिएको छ ।
उद्धार गरिएका सबै नेपालीहरुको चेकजाँच गर्दा १ सय ४ डिग्री फरेनहाइट भन्दाबढि तापक्रम कसैमा नदेखीएको र महाकाली नगरपालिका संग आवस्यक पुर्वाधार नभएकाले क्वारेन्टाइनमा राख्न नसकिएको महाकाली नगरपालिकाका प्रबत्ता पुस्कर राज जोशीको भनाई छ ।
“ठुलो संख्यामा आएकाले ब्यवस्थापन गर्न समस्या भयो, सेल्फ क्वारेन्टाइनमा बस्ने सहमतीमा छोडीएको हो” प्रबत्ता जोशीले भन्नुभयो । महाकाली नगरपालिकाले क्वारेन्टाइनमा बस्न मिल्ने गरि महेन्द्र नमुना मावि खलंगामा ८ वटा बेडको ब्यवस्थापन गरेको उहाँले बताए ।
महाकाली नगरपालिका भित्रका १६ जना भित्रीएका छन् उनिहरुलाई सेल्फ क्वारेन्टाइनमा बसे नबसेको बारे सम्पर्क गर्नुभएको छ भन्ने प्रश्नमा सेल्फ क्वारेन्टाइन बसे नबसेको भनेर बुझन नसकिएको उहाँले बताउनुभयो ।