भारत बाट अबैध रुपमा ट्युब तरेर नेपाल भित्रिदै

0
1445

विरा दत्त भट्ट, दार्चुला ।

कोरोना भाइरसको प्रकोप बढिरहेकाले सीमा नाका बन्द भएपछि भारतमा अलपत्र नेपाली नागरिकहरु महाकाली नदीमाथि ट्युबको प्रयोग गरेर नेपाल प्रबेश गर्ने गरेको पाइएको छ ।

अबैध रुपमा ट्युब तरि भारतबाट नेपालको डाडाकोट क्षेत्र भित्रिएका बैतडीका ५ जनालाई बैतडी पठाइएको छ ।
डिलाशैनी गाउँपालिकाका २ जना र सुर्नया गाउँपालिकाका ३ जना गरि ५ जना सिमानाका बन्द भएपछि अबैध रुपमा ट्युब तरेर नेपाल भित्रीएका थिए । उनिहरुलाई मालिकार्जुन गाउँपालिकाको वडा नं ५ डाडाकोटको कार्यालयमा स्वास्थ्य चेकजाचँ गरि खाना खुवाएर बैतडी पठाइएको वडाध्यक्ष तर्क राज ओझाले जानकारी दिनुभयो ।
उनिहरुको स्वास्थय चेकजाच गर्दा सामान्य अवस्था पाइएकाले घरमा क्वारेन्टाइमा बस्न भनेर सम्बन्धीत स्थानियतहहरु संग समन्वय गरि घर पठाइएको वडाध्यक्ष ओझाले जानकारी दिनुभयो ।

दुबै देशमा लकडाउन घोषणा गरेसंगै सीमा नाकाहरु बन्द भएकाले भारतमा अलपत्र परेका नेपाली नागरिकहरु अहिले लेकम क्षेत्रका विभिन्न क्षेत्रमा ट्युबको प्रयोग गरे नेपाल प्रबेश गर्ने गरेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तर्कराज ओझाले बताए । उहाँका अनुसार मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ को बाँकु क्षेत्रमा राती ट्युबको माध्यमबाट नेपाल प्रबेश गर्ने गरेको वडाध्यक्ष ओझाले बताएका छन् ।
बझाङ जिल्लाका १३ जना बुधबार राती बाँकु क्षेत्रबाट महाकाली नदीमाथि ट्युबको माध्यमबाट नेपाल प्रबेश गरेको वडाध्यक्ष तर्कराज ओझाले बताएका छन् । भारतीय नागरिकहरुले अलपत्र परेका नेपाली नागरिकहरुबाट प्रतिव्यक्ति ५ सय लिएर राती महाकाली नदी तराउने गरेको उहाँको भनाई छ । राती सुनसान हुने भएकाले बाँकु क्षेत्रबाट महाकाली नदीमाथि ट्युब प्रयोग गरेर भारतीय नागरिकहरुले नेपालीहरुलाई तार्ने गरेको पाइएको छ ।

भारतीय नागरिकहरुले ५ सय लिएर भारतमा फसेका नागरिकहरुलाई नेपाल पु¥याइदिने गरेकोले संक्रमणको जोखिम बढेको वडाध्यक्ष ओझाले बताउनु भयो । ‘नेपालीहरु राती महाकालीमा ट्युबमा नेपाल आउने रहेछन्, यसले गर्दा संक्रमणको जोखिम बढ्यो’ वडाध्यक्ष ओझाले भन्नु भयो । सीमा नदी महाकालीबाट राती अबैध रुपमा नेपाल प्रबेश गर्ने गरेकाले प्रशासनसंग समेत सहयोगका लागि आग्रह गरेको वडाध्यक्षको भनाई छ ।
१३ जना बझाङका नेपाली नागरिकहरु बुधबार राती करिब १२ बजेतिर ट्युबको प्रयोग गरि नेपाल प्रबेश गरेको भन्ने बुझिएको सीमा प्रहरी चौकी लालीका प्रहरी सहायक निरीक्षक सुरेन्द्र सिँह भाँटले बताउनु भयो । ‘दिनभरी त प्रहरी टोलीले गस्ती गरिरहेको हुन्छ, भारतीय ट्युबवालाहरुले राती तार्ने रहेछन्’ प्रसनि भाँटले भन्नु भयो ।
महाकाली नदीमाथि प्रयोग हुने ६ ओटा ट्युबहरु नियन्त्रणमा लिइएको सीमा प्रहरी चौकी लालीका प्रहरी सहायक निरीक्षक भाँटले बताउनु भयो ।