भारतीय सेनाका जेट फाइटर विमानहरु ब्यास क्षेत्रको आकाशमा फन्को लगाउदै ( फोटो )

0
966

दार्चुला, भाद्र १६ गते ।
लद्दाखमा चीन र भारतविच पुनः तनाव बढिरहेको अवस्थामा भारतीय सेनाले नेपाली अतिक्रमित भुमि कालापानी, लिपुलेक र लिम्पीयाधुरा क्षेत्रमा पनि सुरक्षा सर्तकता बढाएको छ ।
लिपुलेक सिमा क्षेत्रमा भारतीय अर्धसैनिक बलले गस्ती बढाएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् । विगतमा ५ देखि ६ जना सम्म गस्तीमा जाने अर्धसैनिक बल चीन संगको तनाव बढेपछि २० जना सम्म एकै समुहमा सिमा क्षेत्रको गस्ती गरिरहेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
दार्चुलाको ब्यास गाउँपालिका वडा नं ४ सुन्सेराको आकाशमा विगत केहि दिन देखि विमानले फन्को लगाइरहेको स्थानिय एबं वडा नं ४ का कर्मचारी विमल सिह कुवरले जानकारी दिनुभयो ।


विगत केहि दिन देखि एउटा विमान मात्रै ब्यास क्षेत्रको फन्को लगाउने गरेकोमा मंगलबार विहान ११ बजेतिर सुन्सेराको आकाशमा दुई वटा विमान देखा परेको उहाँले जानकारी दिनुभयो । विहान ११ बजे देखि सवा ११ बजेको समयमा सुन्सेराको आकाशमा दुईवटा विमानहरुले धुवा फाल्ने र ठुलो आवाजमा यता उता गरिरहेको दृश्य देखिएको कुवरले बताउनुभयो । आकाशमा धुवाको मुस्लो फाल्दै उडीरहेका भारतीय वायु सेनाका विमानहरुले नेपाली आकाशको करिब दुई किलोमिटर क्षेत्रमा प्रबेश गरेको स्थानियहरुले बताएका छन् । भारतीय सञ्चार माध्ययमहरुका अनुसार भारतीय वायु सेनाको जेट फाइटरले विमान लिपुलेक, कालापानी र लिम्पीयाधुरा क्षेत्रको आकाशमा हवाई अनुगमन गर्ने गरेको छ ।