भारतीय राहत शिविरमा नेपालीः हामीलाई जसरीपनि नेपाल जाने ब्यवस्था गरिदिनु

0
1497

विरा दत्त भट्ट, दार्चुला ।

“हजुर हामीलाई जसरीपनि नेपाल पुग्ने ब्यवस्थापन गरिदिनु ।” धारचुला स्थित भारतीय शिविरमा रहेका नेपालीहरु भारतका अधिकारीहरु संग अनुरोध गरिरहेका छन् । आफ्नो देशमा रोजगारी नपाएर भारतमा रोजगारी गर्न गएका नेपालीहरु यतिबेला लकडाउनले आफ्नो देश फर्किन सकेका छैन्न । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने पुल बन्द भएपछि रोजगारीका लागी भारत पुगेका नेपालीहरुको नयाँ बर्ष पनि भारतीय राहत शिविरहरुमै वितेको छ ।
१६ दिनदेखी धार्चुलामा रहेका विभिन्न ५ वटा राहतहरुमा नेपालीहरु बसीरहेका छन् । नेपाली मजदुरहरुको अवस्था बुझ्न धार्चुलाका एसडीएम अनिल कुमार शुक्ला, सिओ विमल आचार्य, थानाध्यक्ष विजेन्द्र शाह आइतबार राती नेपाली मजदुरहरु रहेको मिनि स्टेडियममा पुगेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । सबै नेपालीहरु स्वस्थ्य रहेको बताइएको छ । नेपाली मजदुरहरुले रुञ्चे श्वरमा भारतीय अधिकारी संग नेपाल पुग्ने ब्यवस्था गरिदिन अनुरोध गरेका छन् ।
मजदुर जनक टमटा, प्रताप ठगुन्ना, नरेश ठगुन्ना, राजेन्द्र सिह, तिलक बोहरा र पुस्कर बोहराले शिविरहरुमा खाने र बस्ने ब्यवस्था भएपनि घरको यादले सताएको भारतीय अधिकारीहरुलाई बताएका छन् । उनिहरुले भारतीय अधिकारीहरु संग नेपाल सरकारलाई पत्राचार गरेर आफ्नो देश जाने ब्यवस्थापन गरिदिन गुहार गरे ।
भारतीय अधिकारीहरुले नेपाली मजदुरहरुलाई हौसला दिनका लागी भजन, गीत, भजन गाउँन लगाएका थिए ।