भारतीय पेन्सनरहरुका लागि तीनदिन सम्म पुलहरु खुला

1417
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, असार २४ गते ।

नेपालमा रहेका भारतीय पेन्सनरहरुका लागि नेपाल–भारत जोड्ने पुलहरु ३ दिन सम्म खुला गरिएका छन् । गत चैत्र ११ गते देखि नेपाल भारत जोड्ने सिमानाहरु बन्द हुदाँ भारतीय सेनामा काम गरेका नेपालीहरुले भारतीय पेन्सन बुझ्न सकिरहेका छैनन् ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका सहित भारतीय पेन्सनरहले पेन्सन भारतबाट बुझ्नुपर्ने भएकाले पुलहरु खोल्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ प्रशासनलाई पत्राचार गरेकोमा बुधबार, विहिबार र शनिबार ३ दिन सम्म पुलहरु खोलीने जानकारी आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरले जानकारी दिनुभयो ।
दार्चुलाको जौलजिवि र खलंगा पुल तथा बैतडीको झुलाघाट पुल खोलीन लागेका छन् ।
तिनवटै पुलहरु विहान ९ बजे देखी दिउसो १ बजे सम्म र दिउसो ३ बजे देखि बेलुका ६ बजे सम्म खुला रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

यो पनि पढ्नुहोसः भारतीय पेन्सनरका लागि पुल खोल्न पत्राचार

पुल खुलेको समयमा पेन्सनरहरु मात्रै पुलमा आवतजावत गर्न पाउने छन् भने वारी–पारी अड्कीएकाहरुलाई पनि दुबै पक्षको समन्यवमा आ–आफ्नो देश जान दिइने साहयक प्रजिअ कुवरको भनाई छ । दार्चुलामा २ सय ५० भन्दा बढि भारतीय पेन्सनर रहेको अनुमान छ ।
पुल खुलेको समयमा समान ल्याउन वा अन्य प्रयोजनका लागी आवत जावत गर्न नपाइने साहयक प्रजिअ कुवरले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचना हेर्नुहोस ।

तपाईको प्रतिक्रिया दिनुहोस् !