भारतीय एसएसबीका अधिकारी भन्छन्– खलंगा बजारमा कपाल काट्नेहरुबाट सुरक्षा खतरा बढ्यो

907
दार्चुला सदरमुकाम खलंगा र भारतीय बजार धार्चुला

दार्चुला, असोज २५ गते ।
दार्चुला सदरमुकाम खलंगामा कपाल काट्ने शैलुन थापेर बसेका अधिकाशं भारतीय मुस्लिम धर्मका नागरिक छन् । उनिहरुबाट सीमा क्षेत्रमा सुरक्षा चुनौती बढेको भारतको अर्धसैनिक बल एसएसबीका एक जना सुरक्षा अधिकारीले टिप्पणी गरेका छन् ।

कपाल काट्ने शैलुन थापेर नेपाली क्षेत्रमा बसेका भारतीय नागरिक मात्रै हुन् वा बाहिरका हुन्? पाकिस्तानी भएको आशंका गर्दै ती सुरक्षाकर्मीले थप्नुभयो ।
भारतीय सुरक्षा निकायले अतिक्रमण गरेको नेपाली भूमी कालापानी क्षेत्रको प्रशासनिक ब्यवस्था हेर्ने धार्चुला तहशिल क्षेत्रलाई उच्च सुरक्षा चुनौतीको क्षेत्रका रुपमा हेरेको छ । भारतले उक्त अतिक्रमित क्षेत्र नजिक छियालेक क्षेत्रदेखि नोटिफाइड क्षेत्र घोषणा गरेको छ । नोटिफाइड क्षेत्रमा विदेशी नागरिक प्रवेशका सिमित दिनका लागि बहुयात्रा अनुमति पत्र बनाउनुपर्छ । साथै नोटिफाइड क्षेत्रमा त्यस क्षेत्रका स्थानिय बाहेकले स्थायी रुपमा बसोबास गर्न समेत पाउदैनन् । विगतमा भारतको नोटिफाइड क्षेत्र जोलजिविमा रहेको थियो । पछिल्लो समय छियालेकमा नोटिफाइड क्षेत्र सारिएकाले धार्चुलामा बाहिरका मान्छेहरुको बसोबास बढेको छ । ‘पहिले यस क्षेत्रमा मस्दिज थिएनन्, हाल धार्चुलामा मस्दिज छ, मुस्लिमहरुको जनसंख्या बढेको छ । नेपाली क्षेत्रमा कपाल काट्नेहरु पनि मुस्लिम छन्, तर कुन ठाउँका हुन्, केहि यकिन छैन, यसले सीमा क्षेत्रमा चुनौती बढाएको छ’ ती सुरक्षा अधिकारीले भने ।
खलंगा बजारबाट भारतीय बजार धार्चुला प्रवेश गर्नमा समेत पछिल्लो समय भारतीय एसएसबीले सीमापुलमा परिचयपत्र अनिवार्य गरेको छ । सुरक्षा चुनौती र चाडवाडका बेला हुन सक्ने अपराधिक क्रियाकलापहरुलाई लक्षित गरि परिचयपत्र अनिवार्य गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !