धार्चुला–लिपुलेक सडकमा काम गर्ने एक नेपाली सहित तीन जनाको पहिरोमा परि मृत्यु

0
1268
गर्वाधारमा खसेको पहिरोमा शब निकाल्दै उद्धारकर्ता

दार्चुला, जेठ ९ गते ।
भारतले बनाइरहेको धार्चुला–लिपुलेक सडक अन्र्तगतको गर्वाधार क्षेत्रमा पहिलो खस्दा एक जना नेपाली नागरिक सहित तीन जनाको मृत्यु भएको छ ।

केहि दिन अघि भएको बर्षादका कारण सडक निर्माणका क्रममा काटिएको चट्टान टुटेर पहिरो खसेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । आईतबार विहान ९ बजेतिर घाम लागेकै बेला चट्टान खस्दा सडक निर्माणको काम गरिरहेका तीन जनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोमा पुरिएका तिनै जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा नेपालको दार्चुला जिल्ला निवासि २१ बर्षिय तारा सिह धामी , भारतको देहरादुन निवासी २३ बर्षिय ड्रिलिङ मेसिन अपरेटर र सिमखोला बस्ने २८ बर्षिय भवान सिह भण्डारी रहेका छन् । साथै कम्पनीको ढाई करोडको स्वचालित ड्रिलिङ मेसिन समेत पहिरोमा पुरिएको बताइएको छ । विआरओको गर्ग एण्ड गर्ग कम्पनीले हाल नेपाली अतिक्रमित भूमी लिपुलेक जोड्ने सडकको निर्माण कार्य गरिरहेको छ । पहिरो खस्दा ब्यास क्षेत्र जोड्ने भारतको धार्चुला लिपुलेक सडक अवरुद्ध बनेको छ ।