भारतले पुल बन्द गर्दा भारतीयहरु वीच पुलमै अड्किए

870
विच पुलमा अड्किएका भारतीय नागरिकहरु- फोटो: पत्रकार भोजराज जोशी

दार्चुला, कार्तिक ७ गते ।
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम स्थित झोलुङ्गे पुल भारतले बन्द गर्दा भारतीय नागरिकहरु वीच पुलमै अड्किएका छन् । भारतीय पेन्सनर नेपाली नागरिकहरुका लागि दुबै देशको स्थानिय प्रशासनको सहमतीमा कार्तिक ५ गते देखि ७ गते सम्म ६ घण्टाका लागि सीमा पुल खोलिएको थियो । सात गते शुक्रबार पनि सोहि अनुसार विहान ९ बजे दिउसो २ बजे सम्म पुल खुलेको थियो । सीमापुल खुलेका बेला नेपाल भित्रीएका भारतीयहरु स्वदेश फर्कन खोजेपनि भारतीय पक्षले पुल नखोल्दा करिब ३० जना भन्दा बढी भारतीय नागरिकहरु विच पुलमै अड्किएका छन् । नेपाल बाट भारत तर्फ पठाएको भएपनि भारतले पुल नखोल्दा ३० जना भन्दा बढी भारतीयहरु विच पुलमै अड्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिनुभयो । यता बाट धार्चुला जान्छौ भनेर गएका छन्, नेपाल तर्फको पुलको गेट पनि बन्द भइसकेको छ, प्रहरी निरिक्षक चन्दले भन्नुभयो । भारतीय पक्षले केहि बेरमा पुल खोलेर भित्रीन दिने भनेको छ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !