भारतले धौलीगङ्गा बाँध खोल्दै, महाकाली नदीमा पानीको सतह बढ्ने

0
1105

दार्चुला, असार ११ गते ।
भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोकाहरु खोल्ने भएको छ । असार १५ गते राती १२ बजेदेखि असार १६ गते बेलुकी पौने सात बजेसम्म सिल्ट फ्लसिङ प्रयोजनका लागि बाँधका ढोका खोल्ने जानकारी आएको दार्चुलाकाका निमित्त प्रमुख जिल्ला अधिकारी टेक सिंह कुवँरले जानकारी दिनुभएको छ ।
सिल्ट फ्लसिङको कार्य गर्न लागिएकालले उक्त प्रयोजनका लागि धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोकाहरु खोल्न लागिएको एनएचपीसि लिमिटेड, पावर स्टेशनले जनाएको छ ।
उक्त समयमा महाकाली नदीमा पानीको जलस्तर बढ्ने भएकाले धौलाकोटदेखि लेकमको लालीसम्मका स्थानीयहरुलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ । २०७० साल असारमा पनि उक्त परियोजनाको बाँध एक्कासी खोल्दा महाकालीमा बाढी आई दार्चुला सदरमुकाम खलंगामा घरहरु बगाउनका साथै ठुलो क्षती भएको थियो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचना हेर्नुहोस ।