भारतबाट लागुऔषध तस्करी गरिरहेका एक जना पक्राउ

0
858
सांकेतिक फोटो

दार्चुला, पुस १८ गते ।
भारतको धार्चुलाबाट लागु औषध तस्करी गरिरहेका एक जनालाई दार्चुला प्रहरीले पक्राउ गरेको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ७ घर भएका बर्ष १९ का नविन धामीलाई दार्चुला सदरमुकाम क्षेत्रमा महाकाली नदीमा धार्चुलाबाट लागुऔषध तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो । शनिबार दिउसो महाकाली नगरपालिका वडा नं ४ बंगाबगडमा महाकाली नदीबाट लागु औषध तारिरहेको अवस्थामा १ सय २२ स्पास र दुई सीसि कोरेक्स बरामद गरिएको उहाँले जानकारी दिनुभयो । नेपाल भारत सीमानाका बन्द रहेपनि महाकाली नदीको जल स्तर घटेकाले तस्करहरुलाई तस्करी गर्न सहज भएको छ ।