भारतबाट भित्रिनेहरुको सीमानाकामै कोरोना परीक्षण

0
751
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, चैत्र १७ गते ।
भारतका विभिन्न राज्यहरुमा कोरोना संक्रमणको दोस्रो लहर फैलिन थालेपछि दार्चुला सदरमुकाम खलंगा स्थित सीमानाकामा भारतबाट भित्रीनेहरुको एन्टिजन विधिबाट कोरोना परीक्षण भइरहेको छ ।

मंगलबारबाट पुलघाटमा रहेको हेल्थ डेक्सबाट एन्टिजन परीक्षण थालिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । भारतका विभिन्न सहरहरुबाट भित्रिने तथा संकाशपद ब्यक्तिहरुको मात्रै कोरोना परीक्षण गरिने उहाँको भनाई छ । पुलघाटमा परीक्षणका लागि दुई जना स्वास्थ्यकर्मी खटाइएको छ । नेपालमा कोरोना संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै एन्टीजेन परीक्षण थालिएको कार्कीको भनाई छ ।