भारतबाट नेपाल तर्फ सामान ल्याइरहेका एक जना नेपाली पक्राउ

0
1000

दार्चुला,कार्तिक २७ गते ।
महाकाली नदीमाथी ट्युबमा तारेर भारतबाट नेपाल सामान ल्याउन लागेका एक जनालाई भारतीय एसएसबीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीका धिरज चन्द रहेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । इलेक्ट्रोनिक सामान अबैध रुपमा नेपाल ल्याउन लाग्दा पक्राउ गरेर चन्दलाई सीमा शुल्क कार्यालय धार्चुलामा बुझाइएको बताइएको छ । महाकाली नदी सीमा बलार घाट क्षेत्रमा गस्ती गरिरहेका एसएसबीले करिब ५४ कजार १ सय ६९ रुपैयाँ बराबरको सामान सहित पक्राउ गरेको थियो । भारतीय एसएसबीले सीमा क्षेत्रमा नेपालीहरुलाई कडा निगरानी गरिरहेको भारतीय सञ्चार माध्ययमहरुले समाचार लेखेका छन् । बुधबार मात्रै भारत प्रबेश गरेको भन्दै तीन जना नेपाली पीथौरागढमा पक्राउ परेका थिए ।