भारतबाट ट्युब बाट र पौडीएर आउने क्रम नरोकीएपछि सिमा क्षेत्रमा सशस्त्र प्रहरी तैनाथ

1611

विरा दत्त भट्ट, दार्चुला ।

कोरोना भाइरसको प्रकोपले नेपाल भारत सिमानाका बन्द भएको अवस्थामा अबैध रुपमा भित्रीने क्रम बढेपछि दार्चुलाका ४ वटा नाकाहरुमा सशस्त्र प्रहरीले निगरानी गरिरहेको छ । महाकाली नदीमा ट्युब बाट तर्ने, साघुँ बाट तर्ने वा पौडीएर आउने क्रम बढेपछि ४ नाकामा सोमबार बाट सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाका गुल्मपती डम्बर बहादुर विष्टले जानकारी दिनुभयो ।
लेकम गाउँपालिकाको रतौडामा लाली क्षेत्रमा हुने गतिविधी निगरानीका लागी प्रहरी नायव निरीक्षक मनिराम पार्कीको नेतृत्वमा १० जनाको सश्त्र प्रहरी टोली खटिएको गुल्मपती विष्टले बताउनुभयो । रतौडामा खटिएको सशस्त्र प्रहरी टोलीका लागी केदार आधारभुत विद्यालय रतौडामा बसोबासको ब्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
मालिकार्जुन गाउँपालिकाको वडा नं ६ बाकु क्षेत्रमा सशस्त्र प्रहरी साहयक निरिक्षक डम्बर रावलको नेतृत्वमा १० जनाको टोली खटीएको छ । उक्त क्षेत्रमा बसोबासका लागी कैलपाल आधारभुत विद्यालयमा ब्यवस्थापन गरिएको डिएसपी डम्बर बहादुर विष्टले जानकारी दिनुभयो ।
ब्यास गाउँपालिकाको वडा नं ५ धौलाकोटको स्याकुमा पनि १० जनाको सशस्त्र प्रहरी टोली खटिएको छ । सशस्त्र प्रहरी नायब निरिक्षक प्रेम बहादुर चन्दको नेतृत्वमा खटीएको टोलीले धौलाकोटको महाकाली नदी किनार क्षेत्रमा हुने गतिविधी निगरानी गर्ने डिएसपी विष्टले बताउनुभयो ।
ब्यास गाउँपालिकाको वडा नं ४ डोकट क्षेत्रमा पनि ढुङ्गे साघु तरेर नेपाल भित्रीले क्रम बढेपछि उक्तक्षेत्रमा पनि सशस्त्र प्रहरी टोली खटिएको छ । सशस्त्र प्रहरी नायब निरिक्षक लक्ष्मण कार्कीको नेतृत्वमा उक्त क्षेत्रमा १० जना सशस्त्र प्रहरीको टोली खटाइएको डिएसपी विष्टले जानकारी दिनुभयो । सिमा क्षेत्रमा खटीएका ४ वटै टोलीले चौविसै घण्टा गतिविधीहरु निगरानी गर्नेछन् ।
ब्यास क्षेत्रमा खटीएका दुबै टोलीको बासको ब्यवस्थापन भने भइनसकेको उहाँले बताउनुभयो ।
दार्चुलामा सिमा नाकाहरुमा अबैध आवत जावत बढेपछि कैलाली बाट ४० जना सशस्त्र प्रहरीको टोली दार्चुला आएको छ ।
दत्तु देखि कालागाड सम्मको महाकाली नदी किनारमा दार्चुलामा रहको सशस्त्र प्रहरीले निगरानी गर्ने डिएसपी डम्बर बहादुर विष्टले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !