भगवतीमा वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न

0
651

दार्चुला, माघ २५ गते ।
मालिकार्जुन गाउँपालिका वडा नं २ मा रहेको भगवती युवा क्वल भगवतीको आयोजनामा सञ्चालित महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । माघ २३ गते देखि सञ्चालित वडा स्तरीय भलिबल प्रतियोगितामा महिलातर्फ तीन र पुरुष तर्फ १२ वटा टिमको सहभागिता रहको थियो ।

पुरुष भलिबल तर्फ हुनैनाथ जागृती युवा क्लब सर्माेलि प्रथम र भगवति युवा क्लबले द्धितिय स्थान हासिल गरेको छ । प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद १२ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमलाई १० हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ । त्यसैगरि महिला तर्फ भगवति युवा क्लब भगवति प्रथम र प्रेमनगर स्पोस्र्टले द्धितिय स्थान हासिल गरेको छ । महिला भलिबल तर्फ प्रथम हुने टिमलाई नगद ७ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमलाई ३ हजार पाँच सय रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएका भगवती युवा क्लबका सदस्य भिम सिह धामीले जानकारी दिनुभयो । त्यसैगरि प्रतियोगीतामा अनुशासित टिमको पुरस्कार उकुले पाएको छ । पुरुष उत्कृष्ट खेलाडीको पुरस्कार रुपेस साउँद र महिला तर्फ पशुपती धामीले उत्कृष्ट पुरस्कार पाएका छन् । उदयमान खेलाडिको पुरस्कार महिला खेलाडी निर्मला धामीले पाएको भगवती युवा क्लबका सदस्य धामीले बताउनभुयो । भगवती युवा क्लबका अध्यक्ष सुरज सिह धामीको अध्यक्षतामा गरिएको समापन कार्यक्रममा मालिकार्जुन गाउँपालिका वडा नं २ का वडा सदस्य पार्वती धामी प्रमुख अतिथि रहनुभएको थियो ।