ब्यास गाउँपालिका वडा नं ५ धौलाकोटको एमाले वडा अध्यक्षमा बमं

0
858

दार्चुला, कार्तिक ७ गते ।
ब्यास गाउँपालिका वडा नं ५ को एमालेको वडा अधिबेशनले कर्ण बहादुर बमंलाई अध्यक्षमा चयन गरेको छ ।

आईतबार गरिएको वडा अधिबेशनले बमं अध्यक्ष रहने गरि २३ सदस्यीय वडा कमिटि र १२ जना पालिका प्रतिनिधि छनोट गरिएको एमाले नेता कल्यान सिह खत्रीले जानकारी दिनुभयो । पुर्व अध्यक्ष देब दत्त भट्टको अध्यक्षतामा गरिएको वडा अधिबेशन कार्यक्रममा ब्यास गाउँपालिका वडा नं ३ का वडाध्यक्ष उपेन्द्र सिह धामी, वडा नं ४ का वडाध्यक्ष संग्राम सिह विष्ट, वडा नं ५ का वडाध्यक्ष मंगल सिह धामी, एमाले जिल्ला कमिटि सदस्य नगेन्द्र तिंकरी, एमाले ब्यासका अध्यक्ष जयलाल सिह विष्ट, सचिव नारद दत्त भट्ट लगायत एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।