ब्यास गाउँपालिकाले प्रदेशबाट आएको राहत १ हजार ५५ परिवारलाई वितरण गर्ने

0
1161

विरा दत्त भट्ट, दार्चुला ।

ब्यास गाउँपालिकाले सुदुरपश्चिम प्रदेश बाट राहत वितरणका लागी आएको रकमले १ हजार ७८ परिवारलाई खाद्यान्न वितरण गर्ने भएको छ । ब्यास गाउँकार्यपालिकाको मंगलबार बसेको बैठकले गाउँपालिका भरिका १ हजार ५५ घरपरिवार र २३ जना क्वारेन्टनमा रहेका ब्यक्तिहरुलाई गरि १ हजार ७८ परिवारलाई राहत वितरण गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखर चन्द्र ओझाले बताएका छन् ।
प्रति परिवार ३० किलोग्राम चामल, २ किलोग्राम नुन, २ लिटर तेल, २ किलोग्राम चिनि र ४ वटा साबुन वितरण गरिने उहाँको भनाई छ ।
सुदुरपश्चिम प्रदेश सरकारले कोरोना संकटका बेला ब्यास गाउँपालिकालाई ६ लाख ६० हजार राहत उपलब्ध गराएको थियो ।