ब्यास गाउँपालिकामा निषेधाज्ञा जारी

0
961

उद्धव सिंह धामी,दार्चुला,
कार्तिक ६ गते । जिल्ला प्रशासन कार्यालय दार्चुलाले ब्यास गाउँपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ देखि वडा नम्वर ३ सम्मका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिदिन हुन भनि व्यास गाउँकार्यपालिकाको कार्यालय सुन्सेराबाट उक्त क्षेत्र सिल गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलामा अनुरोध पत्र आएकाले स्थानिय प्रशासन ऐन २०२८ र संक्रमण रोग ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । व्यास गाउँपालिकाको वडा नम्बर ६ र ३ का चार किल्लाहरु पुर्र्वमा कैचुला,पश्चिममा महाकाली नदि,उत्तरमा व्यास गाउँपालिकाको वडा नम्वर ३ फतंगाड र दक्षिणमा कालागाड क्षेत्रमा अर्को सूचना जारी नभए सम्म विहीबार बेलुकि सात बजे देखि लागु हुने गरि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा अवधिभर यी चार किल्ला क्षेत्र भित्र अत्याश्यक कार्य र सेवा बाहेकका सम्पुर्ण कार्यहरु सञ्चालनमा रोक लगाइएको छ । यस्तै वडा नम्वर ३ का वडा अध्यक्षमा उपेन्द्र सिंह धामी कार्तिक २ गतेको श्वब संकलन गरी परिक्षण गर्दा उनको पनि रिपोर्ट पोजेटिभ आए पछि कार्तिक ६ गते देखि कार्तिक १६ गते सम्म वडा बाहिर भित्र रोक लागाइएको छ । दशैका दिन लाग्ने सिद्धनाथ मन्दिरको जात्रामा भिडभाड नर्गन, पाठपुजा गर्दा सिमित व्यक्तिको उपस्थितिमा मात्रै गर्न वडाले सबैमा अनुरोध गरेको छ ।