ब्याँसी शौका समुदायले मनायो २७ औ विश्व आदिवासी दिवस

0
754

इश्वरी बुढाथोकी

दार्चुला, साउन २५ गते ।
दार्चुलामा मात्रै बसोबास रहेको ब्याँसी शौका समुदायले २७ औ विश्व आदिवासी दिवस मनाएको छ ।

पहिचान सहितको संघीयता र स्वायत्तताको लागी संविधान संसोधन हाम्रो अभियान, धर्म निरपेक्षता र पूर्ण समानुपातिक व्यस्थाका लागी हाम्रो आन्दोलन भन्ने मुल नाराका साथ दिवस मनाईएको हो । दिवसको अवसरमा बोल्दै रं समाजका समाज सेवी तथा मालिकार्जुन माध्यमिक विद्यालय धापका प्रधानाध्यापक सुन्द्रसिह बुढाथोकीले आफनो परम्परागत सस्कृति सरक्षण गर्न एक दिन कार्यक्रममा बोलेर मात्र नभई आफनो सस्कृतिलाई व्यवहारमा ल्याउनसके मात्र संरक्षण गर्न सकिने बताउनुभएको छ । व्यास गाउपालिकाका न्यायिक समिति सदस्य विरेन्द्र बुढाथोकीले सरकारको २०७८/०७९को नीति तथा कार्यक्रममा रं भाषाको लिपिका लागी बजेट को घोषणा भएको र चाडै लिपी पनि प्रकाशित हुने बताएका छन । व्यासी शौकासमाजका अध्यक्ष यशोधा तिकंरीको अध्यक्षतामा भएको कार्यक्रममा व्यास गाउपालिकाका प्रबक्ता तथा वडा न २ का वडा अध्यक्ष धिरनसिह बुढाथोकी प्रमुख अतिथी रहेका थिए भने विशिष्ट अतिथि व्यास गाउपालिका वडा न १ का वडाअध्यक्ष अशोक सिह बोहोरा रहेका थिए । व्यासी शौका रं समाज दार्चुलाले आयोजना गरेको उक्त कार्यक्रमको सञ्चालन रं समाज समाज सेवी करन सिह बुढाथोकीले गर्नु भएको थियो । साथै रं समाजका अग्रजहरुले आफनो परम्परागत सस्कृतिमा आजको पुस्ताले विशेष ध्यान पुर्याउनु पर्ने धारणा राखेका छन । संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ९ अगष्त लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सन १९८२ मा आदिवासी बारेमा उठेका सवाल सम्बोधन निम्ति कार्यदल गठन गरिएको थियो । नेपालका आदिवासी जनजातिले समेत सन् १९९५ देखि यो दिवस मनाउदै आएका छन ।