ब्यासमा ट्याकटर दुर्घटनाः एक जनाको मृत्यु

515

दार्चुला, फागुन १८ गते ।

दार्चुलाको व्यास गाउँपालिका वडा नं ४ मा ट्याकटर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

निर्माणाधिन दार्चुला तिंकर सडकको डोकटमा गएराती साढे १० बजेतिर दुर्घटना हुदाँ बझाङ घर भएका २३ बर्षिय विरेन्द्र खड्काको किचिएर मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।

दुर्घटनाको जानकारी पाएपछि राती नै प्रहरी घटनास्थलमा पुगेको थियो । ट्याकटर चालक बझाङकै मानबोहरा दुर्घटनापछि फरार रहेका छन् ।
व्यास गाउँपालिका क्षेत्रमा दार्चुला तिंकर सडक चौडा बनाउने तथा नाली निर्माण गर्ने काम सञ्चालन गरिएको छ । सडकको निर्माणमा प्रयोग भएको से २ त १७९९ नम्बरको ट्याकटर डोकटबाट डोब जाने क्रममा दुर्घटना भएको हो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाकि रहेको र चालकको खोजी भइरहेको डिएसपी भट्टले जानकारी दिनुभएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !