ब्यासमा एक जना स्वास्थ्यकर्मीमा कोरोना देखियो

0
850

दार्चुला, कार्तिक १८ गते ।
दार्चुलाको ब्यास गाउँपालिकामा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । ब्यास गाउँपालिकाको एउटा स्वास्थ्य संस्थामा कार्यरत ३० बर्षिय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । मंगलबार गएको २४ घण्टामा ब्यास गाउँपालिकामा १३ जनाको स्वाब परिक्षण भएकोमा एक जनामा कोरोना पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
हाल सम्म दार्चुलामा ३ हजार पाँच सय ४८ जनाको कोरोना परिक्षण गरिएको छ । जसमध्ये कुल २ सय ६० जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका मध्ये ६ जना मात्रै सक्रिय कोरोना संक्रमित रहेका छन् । आज एक जनाले कोरोना जितेसंगै दार्चुलामा हाल सम्म २ सय ५४ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । संक्रिय कोरोना संक्रमित मध्ये दुहुमा पाँच जना र ब्यास गाउँपालिकामा एक जना रहेका छन् । जिल्लाका अन्य स्थानियतहहरुमा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ ।