ब्यापारीहरुलाई पारदर्शी ढंगले सेवा दिन उद्योग बाणिज्य संघ दार्चुलाको अनुरोध

2131

विरा दत्त भट्ट, दार्चुला
पारदर्शी र प्रभावकारी ढंगले सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न दार्चुला उद्योग बाणिज्य संघले सम्पुर्ण ब्यापारीहरुमा अनुरोध गरेको छ ।
विश्वभरी फैलिरहेको कोरोना भाइरसका कारण उद्योग ब्यवसायहरुमा गम्भीर असर पर्दै गइरहेको र त्यसको असर दार्चुलामा पनि पर्न सक्ने भएकाले ब्यवसायीहरुले मास्क सेनेटाइजर लगायत औषधी, खाद्यान्न, पट्रोलीयम पदार्थहरुको ब्यवस्थापन, विक्रीवितरण र ढुवानी कार्य पारदर्शी र प्रभावकारी ढंगबाट गरि आम जनताहरुलाई सेवा दिन शुक्रबार एक विज्ञप्ती जारी गरी अनुरोध गरेको छ ।
“अत्यन्त कठिन परिस्थितीमा पनि जिम्मेवारी पुर्वक आफ्नो कर्तब्य निर्वाह गरेको निजि क्षेत्रको विगत समेतलाई मध्यनजर गर्दै अत्यावस्यक बस्तुहरु पारदर्शी र प्रभावकारी ढंगबाट आम उपभोत्ता र सर्वसाधारणलाई सेवा दिन दार्चुला उद्योग बाणिज्य संघ आफ्ना साधारण सदस्य तथा सम्पुर्ण उद्यमी ब्यवसायीहरुमा आव्हान गर्दछ” दार्चुला उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत अमर सिह महराले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !