बैतडी किशोरी हत्या प्रकरणः दोषीलाई कारवाहीको माग गर्दै आफन्त आन्दोलित

0
933

बैतडी, माघ २४ गते ।
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षिय किशोरी भागरथी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै मृतक किशोरीका आफन्तहरु आन्दोलित बनेका छन् ।


बुधबार विद्यालय गएकी भट्ट साँझसम्म घर नफर्किएपछि खोजी गर्दै जाँदा विहीबार साँझ हत्या गरि फालिएको अवस्थामा जंगलमा शव फेला परेको थियो । उक्त घट्नाको दोशीलाई कारबाहीको माग गर्दै मृतक किशोरीका आफन्तले शान्तीपूर्ण आन्दोलन सुरु गरेका छन् । ‘दोशीलाई कारबाही गर्नुपर्छ, हामीले न्याय पाउनुपर्छ भन्ने ढंगले शान्ती पूर्ण आन्दोलन गर्न लागेका हौँ’ मृतक किशोरीका दाई शंकर दत्त भट्टले भन्नु भयो ।
शव उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएकाले प्रहरीले निष्पक्ष रुपमा अनुसन्धान गरी दोशीलाई कारबाही गर्न आफूहरुले माग गर्दै शान्तीपूर्ण आन्दोलन सुरु गरेको उहाँको भनाई छ । आन्दोलन स्वरुप आफूहरुले यातायात तथा बजार बन्द गरेर शान्तीपूर्ण आन्दोलन गर्न लागेको भट्टले बताउनु भयो । ‘हामी अहिले शान्तीपूर्ण आन्दोलनमा छौँ, न्याय नपाए आन्दोलनलाई थप सशक्त बनाउछौँ’ उहाँले भन्नु भयो ।
हत्या प्रकरणको अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वको प्रहरी टोली खटिएको छ । साथै केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीको टोली समेत अनुसन्धानका लागि बैतडी पुगेको छ । घट्नाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत बैतडी मगाइएको प्रहरीले जनाएको छ ।