बैतडीमा विदेशमा रहेकाहरुको तथ्याङ्क संकलन गरिदै

0
851

कालापानी न्युज, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले विदेशमा रहेका नागरिकहरुको तथ्याङ्क संकलन गरिरहेको छ । तथ्याङ्क संकलनका लागी बैतडीका प्रत्येक स्थानियतहहरुलाई पत्राचार गरिएको बैतडीका साहयक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिह नेगीले जानकारी दिनुभयो ।
कोरोना प्रभाव विश्वभर बढ्दै गएको अवस्थामा भारत लगायत तेस्रो मुलुकका नेपालीहरु नेपाल भित्रीन सक्ने भन्दै विदेशमा रहेका नागरिकहरुको तथ्याङ्क संकलन गरि क्वारेन्टाइनको ब्यवस्थापन र कोरोना नियन्त्रण पुर्व तयारीका लागी नागरिकहरुको तथ्याङ्क संकलन भइरहेको साहयक प्रमुख जिल्ला अधिकारी नेगीको भनाई छ ।
बैतडीको जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले विदेशमा रहेका नेपालीहरु चरण चरणमा “फर्किने सम्भावना रहेकाले उनिहरुका लागी क्वारेन्टाइनको ब्यवस्थापन गर्न तथ्याङ्क संकलन गर्ने निर्णय गरेको हो” साहयक प्रजिअ नेगीले भन्नुभयो । विदेशबाट नेपाली आइहाले पनि कोरोना रोकथामको बलियो साधन क्वारेन्टाइन नै हो, त्यसैले पनि बैतडीका कति नागरिक विदेशमा छन् र उनिहरु आए कति संख्यामा क्वारेन्टाइनको ब्यवस्थापन गर्न सकिन्छ त्यसको तयारीका लागी पनि तथ्याङ्क आवस्यक छ उहाँले भन्नुभयो । सामान्यता ४० हजार बैतडीका नागरिकहरु विदेशमा रहेको आकलन गरिएको उहाँको भनाई छ ।
कैलालीको गौरीफन्टा नाकाबाट शुक्रबार ७० जना भन्दा बढि बैतडीका नागरिकहरु भित्रीरहेको उहाले जानकारी दिएका छन् ।
भारतको क्वारेन्टाइनमा लामो समय बसेका उनिहरुलाई सरकारले कैलालीको गौरीफन्टा नाकाबाट भित्र्याएको छ ।
उनिहरुका लागी कैलालीबाट जिपको ब्वस्थापन गरि बैतडी ल्याउने तयारी भइरहेको साहयक प्रजिअ लोकेन्द्र सिह नेगीको भनाई छ । उनिहरुको क्वारेन्टाइन ब्यवस्थापनका लागी सम्बन्धीत स्थानियतहहरु संग समन्वय भइसकेको उहाँको भनाई छ ।
साथै भातरको धार्चुलाको क्वारेन्टाइनमा बसेका र दार्चुलाबाट भित्रीएका आरडिटी रिर्पाेट पोजेटीभ देखीएको बैतडीका नागरिकको पिसिआर परिक्षणका लागी स्वाब धनगढि पठाइएको साहयक प्रजिअ नेगीले बताएका छन् ।
धार्चुलामा क्वारेन्टाइनमा बसेर दार्चुला नाकाबाट बैतडी भित्रीएका डिलाशैनी गाउँपालिका वडा नम्वर १ का १ जनामा कोरोना भाइरष परिक्षण गर्दा आरडिटी रिर्पाेट पोजेटीभ देखिएको थियो ।