बैतडीमा क्वारेन्टाइनमा खाना पकाउने ब्यक्तिको मृत्यु

817

असार १३ गते, बैतडी । बैतडीमा क्वारेन्टिनमा खाना पकाउने ब्यक्तिको मृत्यु भएको छ। शनिवार बैतडीको दशरथचन्द नगरपालिका –६ का ५३ वर्षीय पुरुषको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । विगत २ महिनादेखि दशरथचन्द नगरपालिका –४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेकाहरुलाई खाना पकाउने काम गर्दै आएका मृतक शनिबार बिहान ११ बजे घरमा एक्कासी बिरामी भएपछि उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै उनले मृत्यु भएको प्रहरीले जनाएको हो । मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी पठाइने जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !