बेतमा ग्यास सिलेण्डर बोकेको मिनिट्रक दुर्घटना, चालकको अवस्था अज्ञात  

0
863

दार्चुला, भाद्र ४ गते । 

दार्चुलाको महाकाली नगरपालिका वडा नं ९ बेतमा मिनिट्रक दुर्घटनामा परेको छ ।

शुक्रबार बेलुका चुच्चैबाट भरेको सिलेण्डर बोकेर गोकुलेश्वरतर्फ गइरहेको से १ ख १०५६ नम्बरको मिनिट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुस्कर सिह ऐरीले जानकारी दिनुभयो । राती साढेआठ बजेतिर प्रहरीमा दुर्घटनाको जानकारी आउनासाथ दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टको टोली घटनास्थलमा गएको उहाँले बताउनुभयो । मिनिट्रक सडकबाट २० मिटर तल बेतखोलामा खसेको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो । दुर्घटनामा परेको मिनि ट्रकका चालक र सहचालकको अवस्था अज्ञात रहेको र प्रहरीले घटनास्थलमा खोजी गरिरहेको छ । घटनास्थलमा प्रहरी प्रमुखको टोली सहित दत्तु प्रहरी चौकीबाट टोली उद्धारका लागि खटिएको उहाँले बताउनुभयो । चालक र सहचालकको परिचय खुल्न सकेको छैन । घटनाको विस्तृत वितरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।