बार निर्वाचनमा सुदुरपश्चिमेली उमेद्धवारलाई सुदूरपश्चिम कानून समाजले सहयोग गर्ने

0
450

दार्चुला, फागुन २७ गते ।

सुदूरपश्चिम कानून समाज काठमाडौंले चैत्र १९ गत्ते हुने नेपाल बार एशोसिएशनको केन्द्रीय कार्य समितिको निर्वाचनमा उमेद्धवार रहेका समाजका सदस्यहरुलाई सहयोग गर्ने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष अधिवक्ता प्रताप ठकुराठीको अध्यक्षतमा शुक्रबार केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बसेको वैठकले सो निर्णय गरेको हो ।
समाज सुदूरपश्चिमेली कानून व्यवसायीहरुको हकहितमा काम गर्ने संस्था भएकोले निर्वाचनमा संस्थाका सदस्यहरुलाई विवाद रहित ढंगले आवश्यक सहयोग गर्ने निर्णय गरिएको’ संस्थाका महासचिव अधिवक्ता दीपक राज जोशीले बताउनुभयो । ‘सहयोग भन्नाले अन्य सहयोग होइन भोट दिएर सहयोग गर्ने भन्ने हो, संस्थाका सदस्यहरुले मागेको बेला सहयोग गर्नु संस्थाको दायित्व पनि हो’, महासचिव जोशीले भन्नुभयो ।
बारको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उमेद्धारी दिएका छन् जसमध्ये आधा दर्जन सुदुरपश्चिमेलीहरुले विभिन्न पदमा उमेद्धारी दिएका छन् ।