बस र जीप एक आपसमा ठोकिँदा जीपमा क्षती

0
701

दार्चुला, भाद्र ७ गते ।
दार्चुलामा बस र जीप एक आपसमा ठोकिँएका छन् ।

गन्नाबाट महेन्द्रनगर तर्फ गइरहेको ना ६ ख १६७० नम्बरको बस र गोकुुलेश्वरबाट गन्ना तर्फ गइरहेको म १ ज ३६० नम्बरको जीप शैल्यशिखर नगरपालिका ३ कर्कलेमा एक आपसमा ठोकिँएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुस्कर सिह ऐरीले जानकारी दिनुभयो । उक्त घटनामा जीपको अगाडीको भागमा सामान्य क्षती पुगेको छ । दुबै पक्षबीच इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।