बर्षाले खेती भित्र्याउन कृषकहरुलाई सकस

0
838

विरा दत्त भट्ट, दार्चुला ।

हिउदेबालीहरु भित्र्याउने समयमा दैनिक रुपमा परिरहेको पानीले कृषकहरुलाई बाली भित्र्याउन सकस भएको छ ।
केहि दिन देखी कुनै बेला घाम लाग्ने त कुनै बेला पानी पर्ने भएपछि खेतमा काम गर्न गएका किसानहरुलाई समस्या भइरहेको छ ।
दार्चुला जिल्लाका अधिकाशं क्षेत्रहरुमा हिउदेबाली गहु, जौ, लगायत मसुर, केराउ बालिहरु भित्र्याउने समयमा कुनै क्षेत्रमा त असिना पानी पर्दा बालिहरु नष्ट भइरहेको शैल्यशिखर नगरपालिकाका कृषक दले डागाले बताउनुभयो ।
खेतबाट टिपेका मसुर र केराउहरु चुट्न नपाउदा छानामा राखेका छौ, घाम नपर्नाले कुहिन थालेका छन् अर्का कृषक चन्द्र सिह डागाले भन्नुभयो ।
कोरोना प्रभावले देशैभरि लकडाउन गरिएको भएपनि दार्चुलाका कृषकहरु गाउँघरमा बालि भित्र्याउने सिजन भएकाले काममा ब्यस्त भइरहेका बेला विगत केहि दिन देखी परेको बर्षादका कारण समस्यामा परेका हुन् ।
जौ र गहु बालीहरु पनि खेतबाट टिपेको भएपनि घाममा सुकाउन नपाउदा चुट्न समस्या भएको बगौराका स्थानिय पत्रकार राजेन्द्र साउदको भनाई छ ।
जौ, गहु बालीहरु खेतबाट टिपेको भएपनि साउने झरी जस्तै परिरहेको बर्षाले बालिहरु पानी परेर कुहिने अवस्थामा पुगेको उहाँको भनाई छ ।
लकडानउन र कोरोना प्रभावले खाद्यान्न बाहिर बाट आपुर्ती गर्न समस्या भइरहेका बेलामा कृषकहरु आफ्नै खेतमा लगाएको बालिहरुमा आस लगाएको अवस्थामा पानीले बालि भित्र्याउनमा समस्या गर्नुका साथै कुनै क्षेत्रमा असिना पानीले बालिहरु नष्ट गर्न थालेपछि कृषकहरु चिन्तीत बनेका छन् ।

ब्यास क्षेत्रमा धान खेती लगाइयो

हिमाली र धानहरु कम फल्ने क्षेत्रका रुपमा चिनीने ब्यास क्षेत्रमा यस बर्षको धान खेती लगाईएको छ । दार्चुला जिल्लाको लेकम, मालिकार्जुन गाउँपालिका लगायतका क्षेत्रमा ब्यार्नाे छर्ने र रोपाई गरेर धान लगाउने गरेको भएपनि ब्यास क्षेत्रमा छरेर धान लगाउने गरीएको छ । ब्यास गाउँपालिकाको सुन्सेरा, धौलाकोट हुती लगायतका क्षेत्रमा धान लगाउनका लागी कृषकहरुले हिउदमा खेत बाझो राखी खनजोत र मलजल गरि विउ छरेर खेत जोत्ने गरेका छन् ।
पानी नसर्ने जमिनहरु भएकाले पहिले देखी नै छरेर धान लगाउने गरिएको सुन्सेराका स्थानिय पत्रकार मान सिह कुवरको भनाई छ ।
स्थानियहरुले धान छरीसकेका छन् भने गहु, जौ लगायतका हिउदे बालीहरु भित्र्याउने काम गरिरहेको पत्रकार कुवरको भनाई छ ।
विगत केहि दिन देखी भइरहेको बर्षादका कारण ब्यास क्षेत्रका कृषकहरु पनि प्रभावित बनेका छन् ।