बर्षाले आएको ढलका कारण मकैबालिमा क्षती

0
1080

दार्चुला । गत २४ गते राती आएको भिषण बर्षाका कारण ऐरिछाना–धन्थला सडक खण्ड हुदै आएको बाढिले लेकमका एक स्थानियको मकै बालिमा क्षती पुगेको छ ।
लेकम गाउँपालिका वडा नम्बर १ का स्थानिय धाना देबि साउदको खेतमा पसेको बाढीले भर्खर टुसाएको मकै बगाएको छ ।
बाढीले मकै खेती बगाउनुका साथै खेतनै बगरमा परिणत भएको स्थानिय पत्रकार दिपक साउदले बताएका छन् ।