बढी भिडभाड हुने ठाउँमा किटनाशक औषधी छर्किदै सुरक्षा निकाय

0
1105

दार्चुला, चैत्र १७ गते

दार्चुलाको सदरमुकाम खलंगाका बढि भिडभाड हुने ठाउँमा नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले किटनासक औषधी छर्केको छ ।
सोमबार देखी जिल्ला सदरमुकाम खलंगा क्षेत्रका विभिन्न चोक तथा स्थानहरुमा मेडिकल तालिम प्राप्त सेना र सशस्त्र प्रहरीको टोलीले किटनाशक औषधी छर्किन थालेको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराजा थापाले जानकारी दिनुभयो ।
सुरक्षा निकायलाई किटनासक औसधी छर्किनका लागी स्वास्थ्य कार्यालय दार्चुलाले औषधी छर्किने मेसिन भाइटेक्स, केमिकल, एप्रोन लगायतका सामग्री उपलब्ध गराएको छ । कारोना भाइरसको जोखीलाई मध्यनजर गर्दे किटनासक औषधी छर्कन थालिएको स्रोतले जनाएको छ ।