बझाङको कालंगा गाडको विद्युत दार्चुलाको बलाचमा जोडिदैँ,भोलिदेखि परीक्षण हुने

0
206

दार्चुला,पुष २४ गते ।
बझाङको कालंगा गाड जलविद्युत आयोजनाबाट उत्पादित १५.३३ मेगावाट विद्युत ३७ किलोमिटर दुरीमा रहेको बलाँच सबस्टेसनमा जोडिने भएको छ । निर्माण सम्पन्न भएको आयोजनाको विद्युत लक्ष्यभन्दा १ वर्ष ढिलो गरी प्रणालीमा जोडिन लागेको हो । सबस्टेसन सम्मको आवश्यक प्रसारण लाइन निर्माण भइसकेकोले भोलि (सोमबार) बाट लाइनमा करेन्ट प्रवाह गरिने भएको छ । विद्युत प्रशारण लाइनमा करेन्ट प्रवाह हुने भएकोले आइतबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना सार्वजनिक गदै सर्वसाधारण सबैलाई सचेत रहन आग्रह गरेको छ । बुंगल नगरपालिका र चिरवित्थड गाउँपालिकामा निर्माणाधिन आयोजनाको सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकलको कार्य सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार सुनकडा–बलाच १३२ केभी प्रशारण लाइनमा पोल गाडने र लाइन खिच्ने काम पनि सम्पन्न भएपछि परीक्षण थालिने भएको हो । भोलिबाट प्रशारण लाइनमा विद्युत चार्जिङ गरिने भएकाले टावर नजिक नजान जिल्ला प्रशासन कार्यालय दार्चुलाले सर्बसाधारणलाई आग्रह गरेको छ । चिरबिथ्थड गाउँपालिका–८ रुपैलस्थित विद्युत गृहबाट बलाचमा रहेको सबस्टेशनसम्म विद्युत चार्जिङ गरिने जनाएको छ ।