प्रेस चौतारी दार्चुलाको अध्यक्षमा धामी 

619

दार्चुला, पुस २८ गते । 
प्रेस चौतारी नेपाल दार्चुलाको अध्यक्षमा लक्ष्मण सिह धामी चयन भएका छन् । प्रेस चौतारी दार्चुलाको चौथो जिल्ला अधिवेशनबाट धामी सर्वसम्मत चयन भएको निर्वाचन समिति अध्यक्ष लोकेन्द्र बहादुर बमले बताउनुभयो ।

पुष २६ गते उद्घाटन गरिएको अधिवेशनको २७ गते बन्द सत्र भएको थियो भने २८ गते नेतृत्वको टुङ्गो लागेसँगै प्रेस चौतारी नेपाल दार्चुलाले पूर्णता पाएको छ । उपाध्यक्षमा नरेन्द्र प्रसाद जोशी र निर्मला महरा चयन भएका छन् भने सचिवमा रमेश खत्री चयन भएका छन् । त्यसैगरी सहसचिवमा उद्धवसिह धामी, ललित सामन्त, कोषाध्यक्षमा शारदा डडालसदस्यहरूमा कपिलदेब भट्ट, धनसिह बडाल, सन्तोष सिह ठगुन्ना, पुस्कर लुहार, जानकी धामी र विमला बडाल चयन भएका छन् ।  केन्द्रिय प्रतिनिधीहरुमा गगन सिह विष्ट, नरेन्द्र सिह कार्की, कृष्ण सिह धामी र इश्वरी बुढाथोकी चयन भएका छन् । प्रदेश प्रतिनिधिहरुमा लोकेन्द्र प्रसाद जोशी, रामसिह धामी, श्यामसिह सामन्त, सुरेश सिह ठगुन्ना, रेशिका धामी र भागरथी कार्की चयन भएको प्रेस चौतारी दार्चुलाका अध्यक्ष लक्ष्मण धामीले बताउनुभयो । नव निर्वाचित समितिको आजै घोषणा कार्यक्रम तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !