प्रेम सिह धामी स्मृती प्रतिष्ठानको सामुदायिक भवन निर्माण गरिदै

678

दार्चुला, माघ १२ गते ।
स्वर्गिय राष्ट्रबादी नेता प्रेम सिह धामीको नाममा रहेको प्रेम सिह धामी स्मृती प्रतिष्ठानको सामुदायिक भवन निर्माण गरिन लागेको छ । धामीको जन्मगाउँ मालिकार्जुन गाउँपालिका वडा नं ३ मा भवन निर्माण कार्यको उद्घाटन गरिएको छ ।
सहरी विकास तथा भवन कार्यालय बैतडीद्धारा ११ लाख ९ हजार ३७ रुपैयाँ ४५ रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको छ । दुई कोठे उक्त भवन निर्माणको जिम्मा जगदम्बा निर्माण सेवाले पाएको छ ।
सामुदायिक भवनको निर्माण कार्य फागुन मसान्तसम्म सक्ने लक्ष्य रहेको जगदम्बा निर्माण सेवाका सञ्चालक प्रकाश सिंह धामीले बताउनुभयो । भवनको शिलान्यास कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष किसन सिंह धामी, मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रुद्रेसिंह धामी, वडा नम्बर १ का वडासदस्य बिरसिंह धामी, पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामी लगायतको सहभागिता रहेको थियो । भारतले अतिक्रमण गरेको नेपाली भूमी कालापानीको विषयमा स्वर्गिय नेता धामीले सडक र सदनबाट आवाज उठाएका थिए । धामीले उठाएको आवाजले हाल कालापानीको मुद्दा राष्ट्रिय मुद्दा बनेकोछ भने नेपाल सरकारले हाल भारतले अतिक्रमण गरेको नेपाली भूमी समेटेर नयाँ नक्सा समेत प्रकासन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !