प्राइम लाइफ इन्स्योरेन्स कम्पनीद्धारा अभिकर्तालाई तालिम

0
519

दार्चुला, बैशाख १० गते ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड दार्चुलाले शनिबार दार्चुला सदरमुकाम खलंगामा अभिकर्ता तालिम आयोजना गरेको छ ।

कम्पनीका दार्चुला उपशाखा इन्चार्ज नारायण सिह ठगुन्नाले अभिकर्ताहरुलाई विमा योजनाहरुका बारेमा जानकारी गराएका छन् । साथै विमा गरेमा हुने फाइदाहरु बारे आम नागरिकहरुलाई बुझाउन अभिकर्ताहरुलाई आग्रह गरेका छन् । तालिममा दार्चुला उपशाखाका कर्मचारी जयन्ती भट्ट लगायत २० जना भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको दार्चुला उपशाखा प्रमुख ठगुन्नाले जानकारी दिनुभएको छ । बेला बेलामा कम्पनीले दिने यस किसिमको तालिमले अभिकर्ताहरुमा उर्जा थप गर्ने अभिकर्ता ममता अवस्थीको भनाई छ ।