प्रहरी निरीक्षक भण्डारीले गरे रक्तदान,जोगियो महिलाको ज्यान

0
277

दार्चुला,माघ ११ गते ।
जिल्ला अस्पातल दार्चुलामा उपचारत एक महिलाको प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारीले दिएको रगतले ज्यान जोगिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्वर ६ बस्ने सुन्दर सिंह धामीको श्रीमती वर्ष ३३ की चनमती सामन्त धामीलाई रगतको आवश्यकता परेपछि जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक भण्डारीले रक्तदान गरेका हुन् । धामीलाई ओ पोजेटिभ रगत आवश्यक परेपछि कार्यालयमा खबर गर्दा बुधवार अपराह्न प्रहरी निरीक्षक भण्डारी अस्पताल गई रगतदान गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । धामीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । रगत अभाव भएका बिरामीलाई नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीले रक्तदान गरेर ज्यान जोगाउदै आएका छन् । अस्पतालमा ब्लड बैक भए पनि रगतको अभाव हुने गरेको छ ।