प्रहरी दिवसको अवसरमा पत्रकार खत्री सम्मानित

575

दार्चुला, असोज २० गते ।

६६ औं प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दार्चुलाका पत्रकार जिज्ञासु खत्रीलाई सम्मानित गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यसको प्रभावकारी कार्यान्वयनका लागि देखाएको सक्रिय सहभागिता , सहकार्य तथा सभ्य समाज निर्माणका लागि दिएको योगदानको कदर गर्दै मुख्य मन्त्री त्रिलोचन भट्टबाट खत्री दिवसको सम्मानित भएका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढीमा आयोजना गरेको प्रहरी दिवसमा मुख्यमन्त्री भट्ट प्रमुख अतिथि रहेका थिए भने कानुनमन्त्री पुर्णा जोशी बिशिस्ट अतिथी रहेकी थिइन् । दिवसको अवसरमा प्रहरीले विभिन्न ब्यक्तित्वहरुलाई सम्मानित गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !