प्रहरी दिवसः दार्चुलाका प्रहरी प्रमुख भट्ट सहित चार जना प्रदेश प्रहरी कार्यालयबाट सम्मानित

0
446

दार्चुला, असोज २० गते ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले दार्चुलाका चार जना प्रहरीलाई सम्मानित गरेको छ ।

६६ औ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट सहित चार जना प्रहरीहरुलाई सम्मानित गरेको हो । प्रदेश प्रहरी कार्यालय सुदुरपश्चिम प्रदेशले दार्चुलामा उत्कृष्ट कार्य गरेवाफत जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरिक्षक मनोहर प्रसाद भट्ट, प्रहरी नायब निरिक्षक तिलक कलौनी, सुरज खडायत र नरसिह बोहरा सम्माति भएका छन् ।