प्रहरीको भेषमा सवारीसाधन कारवाही गरि रकम असुल्ने पक्राउ

0
878

दार्चुला, साउन २१ गते ।
भारतको पिथौरागढमा प्रहरीको भेषमा सवारीसाधन कारवाही गरि रकम असुल्ने २ जना पक्राउ परेका छन् ।
मंगलबार पिथौरागढको चण्डाक सडकमा आफुहरु यातायात प्रहरी रहेको बताउदै दुई जनाले विना हेलमेट सवारी साधन चलाइरहेका हरुबाट ५ सय रुपैया असुल गरेका थिए ।
पैसा लिएपनि रसिद नदिएपछि सवारी चालकहरुले प्रहरीलाई खबर गरेका थिए । अबैध रकम असुल्ने मनोज सिह र सुरेन्द्र सिहलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको पिथौरागढ प्रहरीले जनाएको छ ।