प्रसुती भवनको निर्माण सम्पन्न नहुदै अन्तिम भुक्तानी

0
1374

कालापानी न्युज, दार्चुला ।
मालिकार्जुन गाउँपालिकाको ऐरिछानामा प्रसुती भवन निर्माण सम्पन्न नहुदै भुक्तानी गरिएको छ । सुदुरपश्यिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्ष २०७५।७६ मा सम्पन्न हुने गरि निर्माण गरिएको २ कोठे प्रसुती भवन निर्माण सम्पन्न नहुदै भुक्तानी दिएको छ ।
भवन सम्पन्न भएको १ वर्ष पुरा हुदा समेत सेवा संचालनमा नआएको भनि स्थानियले गुनासो गरिरहेका बेला निर्माण कार्य पुर्ण सम्पन्न नभएको र भवन हस्तान्तरण नभएको हुदा सेवा संचालन गर्न नसकिएको मालिकार्जुन गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

निर्माण सम्पन्न नहुदै भुक्तानी कसरी दिइयो भन्ने प्रश्नमा स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खकेन्द्र कार्कीले भने प्राविधिक प्रतिबेदनले सम्पन्न भएको जनाएपछि भुक्तानी भएको बताउनुभयो । अन्तिम किस्ता भुक्तानी हुदा प्राविधिक प्रतिबेदन, सार्वजनिक परिक्षण लगायतको प्रतिबेदनले सम्पन्न देखाएपछि भुक्तानी भएको उहाँको भनाई रहेको छ ।
प्रसुती भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रसिह धामीले भने शौचालयको पाइप फिटिङ,रंगरोगन र उल्टी छत हाल्न मात्रै बाँकी रहेको बताउनुभएको छ । छोटो समयमा काम सम्पन्न गर्नुपर्ने र जेठमा मात्रै योजना सम्भौता भएकोले असार मसान्तभित्रै सम्पन्न गर्नुपर्ने हुदा २÷४ दिनको कार्य बाँकी रहेको उपभोक्ता समितिका अध्यक्ष धामीले बताउनुभयो ।
उल्टी छत निर्माण गर्न ल्याएको पलाई छोटो हुँदा उल्टी छत निर्माण हुन नसकेको उनको भनाई रहेको छ । ४ दिनको मात्रै काम छ सेवा संचालन गर्न गाउँपालिकाले तत्परता देखाए छिट्टै गरिदिने उहाँले भन्नुभयो ।
मालिकार्जुन गाउँपालिका वडानम्बर ४ सिराड बस्ने सुरेशसिह धामीले भने निर्माण सम्पन्न नहुदै वडाले सिफारिस दिनु कमजोरी रहेको बताउनु भयो । वडा समितिले अनुगमन गरि सम्पन्न भए नभएको बुझेर सिफारिस दिनुपर्ने हो तर कसरी दिएछ स्थानिय धामीले गुनासो गरेका छन् । मालिकार्जुन गाउँपालिका वडानम्बर ४ का वडाअध्यक्ष चक्रसिह धामीले भने प्राविधिक मूल्याकंन अनुसार भुक्तानी गरिदिन भनि मात्रै सिफारिस गरिएको बताउनुभयो ।
प्राविधिकले मुल्याकंन गर्दा सम्पन्न नभएको भए भुक्तानी रोक्न निर्देशन दिनुपथ्र्यो तर कसरी भुक्तानी दिएछ त्यसबारे आफुलाई जानकारी नभएको अध्यक्ष धामीको भनाई रहेको छ । उक्त २ कोठे प्रसुती भवनको कुल लागत २० लाख रहेको छ ।