प्रशासनको निर्णयको अवज्ञा, लकडाउन गरिएपनि खलंगा बजार खुला

1152

विरा दत्त भट्ट, दार्चुला
जिल्ला प्रशासन कार्यालय दार्चुलाले नोबेल कोरोना भाइरषको जोखीम न्युनिकरणका लागी दार्चुला जिल्लालाई सोमबार बेलुकी ५ बजे बाट लकडाउन गर्ने निर्णय गरेको छ । निर्णय गरेपनि कार्यान्वयनमा भने अटेरी देखीएको छ । सोमबार बेलुकी ५ बजे बाट बन्द गर्ने निर्णय गरीएपछि दार्चुला सदरमुकाम खलंगा बजारमा सोमबार बेलुकी साढे ६ बजे सम्मसबै पसल खुला छन् भने मानिसहरुको आवजावतमा बाक्लो देख्न सकिन्छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले निर्णयको कार्यान्वयनका लागी सबै नागरिकहरुलाई आग्रह गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !