प्रशासकिय अधिकृत पठाउन सामान्य प्रशासन मन्त्रीलाई मालिकार्जुन गाउँपालिकाको अनुरोध

0
743

दार्चुला, बैशाख ५ गते ।
दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र जोड्ने दार्चुला तिंकर सडकको कार्य प्रगतिबारे अनुगमन गर्न जिल्ला पुगेका संधिय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेस सिह ठगुन्नालाई मालिकार्जुन गाउँपालिकाले आफ्नो पालिकामा प्रशासकिय अधिकृत पठाउन ध्यानाकर्षण गराएको छ ।


विगत लामो समय देखि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन हुदाँ गाउँपालिकाका विभिन्न आर्थिक तथा प्रशासनिक कामहरु गर्न र आम नागरिकहरुलाई सेवा प्रवाह गर्न समस्या भइरहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीको भनाई छ ।
दार्चुला तिंकर सडकको हवाई अवलोकन पश्चात महाकाली नगरपालिकाको सभाहलमा गरिएको अन्र्तक्रिया कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष धामीले गाउँपालिकामा प्रशासकिय अधिकृतको माग गर्नुका साथै गाउँपालिकाका विभिन्न समस्याहरुबारे मन्त्री ठगुन्नालाई ध्यानाकर्षण गराउनुभएको छ ।
गाउँपालिकामा रहेका विद्यालय तथा क्याम्पसको भौतिक पुर्वाधार निर्माण, गाउँपालिकाले निर्माण गरेका विभिन्न ग्रामिण सडकहरुको स्तरोन्ती तथा पुलहरुको निर्माण, उकु महलको अध्ययन अनुसन्धान, न्वालपानी क्षेत्रमा भ्यु टावरको निर्माण तथा ऐतिहासिक जोलजिवि मेला ब्यवस्थापनका लागि भौतिक पुर्वाधारको विकास गरिनुपर्ने विषयमा अध्यक्ष धामीले मन्त्री ठगुन्नाको ध्यानाकर्षण गराएका हुन्।