प्रदेश सरकारको अनुदानमा छाङरु र तिंकरमा दशैँका लागि खाद्यान्न ढुवानी हुदै

0
878
फाईल फोटो

उद्धव सिंह धामी दार्चुला ।
कार्तिक ०४ गते । दार्चुलाको व्यास गाउँपालिका वडा नम्वर १ छांगरु र तिङ्करमा खाद्यान्न ढुवानी भईरहेको छ । छाङरु र तिंकरका बासिन्दाहरुलाई दशैका लागि सुदुरपश्चिम प्रदेश सरकारको ढुवानी अनुदानमा खाद्यान्न ढुवानी भइरहेको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख गंगाकुमारी मगरले जानकारी दिनुभयो । व्यासका स्थानीय आगामी मंसिरमा कुञ्चा अर्थात् बसाइँ सर्ने हुँदा दशैँका लागि खाद्यान्न ढुवानी भइरहेको उहाँको भनाई छ । एन नाइन कल साईनको माउण्टेन एयरको हेलिकप्टरले मंगलबारदेखि दार्चुला सदरमुकाम खलंगाबाट खाद्यान्न ढुवानी गरिरहेको छ । खाद्य सामग्री ढुवानी गर्न उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दार्चुलालाई खाद्य सामग्री ढुवानीको लागि ४५ लाख रुपयाँ बजेट उपलब्ध गराएको कार्यालय प्रमुख मगरले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार


तीन दिन भित्र चामल, नुन, तेल तथा दाल गरि एक सय ८० क्वीन्टल खाद्यान्न ढुवानी गरि सक्ने उहाँले बताउनु भयो । व्यास गाउँपालिकाको १ नम्बर वडा कार्यालयले खाद्य सामग्री खरिद र वितरणमा सहजिकरण गरिरहेको वडासचिव विनोद सिंह बुढाथोकीले बताउनुभयो ।स्थानीयको मागको आधारमा वडाले छांगरु र तिङ्करको लागि खाद्यान्न ढुवानी भईरहेको होे । दशै अघि नै दुवै गाउँका सबै घरधुरीका लागि ढुवानी अनुदानमा खाद्य सामग्री हेलिकोप्टरमार्फत पु¥याउन लागिएको हो । गत असोज १९ गते व्यास गाउँपालिकाको घाँटीबगरमा नेपाली सेनाले निर्माण गरेको घोरेटो बाटो उद्घाटन गर्न दार्चुला पुग्नु भएका मुख्यमन्त्री त्रिलोचन भट्टले सदरमुकाममा पत्रकारहरुसंग कुराकानी गर्दै ब्यास क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको र छिट्टै ब्यास बासीहरुका लागि प्याकेज ल्याउने बताएका थिए । यसअघि गत असार अन्तिम सातातिर पनि छांगरु र तिङ्कर गाउँका लागि हेलिकोप्टर मार्फत दुई सय क्विन्टल खाद्यान्न ढुवानी गरिएको थियो ।